एनआई सी एशियाको मुनाफा बैंकिङ्ग इतिहासकै उच्च

काठमाडौं, माघ १५ । एनआई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ । बैंकले गतवर्षको सोहीअवधिको रु.०.८९ अर्ब मुनाफाको तुलनामा चालु वर्ष रु.१.१२ अर्ब सञ्चालन मुनाफा आर्जन गरेको छ ।

सञ्चालनमुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालनकारोवारमार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गर्दछ ।

साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथाउक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ । गतवर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता रु.३२.८३ करोड भएको हुनाले रु.७२.१४ करोड खुद मुनाफा भएकोमा चालु आ.व. को दोस्रो त्रैमासिकमा बैंकले रु.५७.१७ करोड खुद  मुनाफा आर्जन गर्ने सफल भएको छ ।

चालु आ.व. मा बैंकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असलकर्जाको कर्जा नोक्सानी व्यवस्थामा रु ३६ करोडको वृद्धिका वावजुदपनि बैंकले दोस्रो त्रैमासिकमाआर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको छ । बैंकको रु १४० अर्ब बराबरको वासलातआकार तथाखुदव्याजदर अन्तर (NIM)मानिरन्तर सुधारका कारण बैंकले आगामी त्रैमासिकहरुमा मुनाफामा उत्साहजनक वृद्धि हासिल गर्ने अपेक्षा गरेको छ ।

वार्षिक विन्दुका आधारमा आफ्नो कर्जामा रु ३५ अर्बबाट रु १०२.२० अर्ब तथा निक्षेपतर्फ रु ४१.४० अर्ब बाट रु १२०.४६ अर्बको वृद्धि हासिल गरेको छ, जुन नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।

बैंकको चुस्त कर्जा असुली प्रणाली तथाअभ्यासका कारण गतवर्ष ०.७२ प्रतिशत रहेको खराब कर्जामा उल्लेख्य सुधार आई यस वर्ष ०.२६ प्रतिशत कायम राख्न सफलभएको छ । साथै, बैंककोे पूँजी पर्याप्तता अनुपात १३.५९ प्रतिशत रहेको छ ।

पूँजी पर्याप्तता अनुपात बढी हुनाले निक्षेपकर्ताको निक्षेप सुरक्षित छ भन्ने सकारात्मक सन्देश जानुका साथै आर्थिक रुपमा आउन सक्ने अकल्पनीय तथा अनुपक्षेपित   परिस्थितिहरु सामनागर्न समेत बैंक सबल रहेको मान्न सकिन्छ तथा बैंक थपव्यवसाय वृद्धि गर्न सक्ने क्षमतालाई दर्शाउँछ । बैंकको कर्जा तथानिक्षेप अनुपात ७८.१९ प्रतिशत रहेको छ, जुननियमनकारी निकाय नेपाल राष्ट्र बंैकले तोकेको ८० प्रतिशतसिमाभित्र रहेको छ ।

बैंकले देशभर आफ्नो विस्तारित शाखा सञ्जाल, १५९ शाखातथा १४७ एटीएम मार्फत आफ्ना ग्राहकहरु सेवातथा सुविधा प्रदान गर्दै आएको छ । साथै, बैंक आफ्नो दीर्घकालीन रणनीति अनुरुप थप शाखा सञ्जाल तथा सेवा केन्द्रहरु विस्तार गरी भौगोलिक उपस्थितिका हिबले देशकै अग्रणी बैंक बन्ने लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयासरत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =