घाँसीकुवामा मोटर साइकल दुर्घटनामा पोखराका अधिकारीका मृत्यु

पोखरा, १० माघ । तनहुँको व्यास नगरपालिका १२ घासीकुवाँमा मोटर साइकल दुर्घटना परि एक जनाको मृत्यु भएको छ ।
दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग १० प ३९०१ नम्वरको मोटरसाईकल सोहि दिशा तर्फ गईरहेको ग १ ख ४ ५८० नम्वरको ट्रकमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका ६ बस्ने वर्ष ३० का विवेक अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भई उपचारको लागि पोखरा स्थित फेवासिटी अस्पतालमा ल्याइएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =