एमालेका पाँच उम्मेद्वारले मनोनयन पत्र दर्ता गर्न पाएनन्
२०७४ जेठ १५ गते

“
काठमाडौँ, माघ १० । तीन नम्बर प्रदेशका लागि राष्ट्रियसभा उम्मेद्वारी दर्ता गर्न पुगेका एमाले उम्मेद्वारहरुले आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि मनोनयपत्र दर्ता गर्नबाट बञ्चित भएका छन् ।
जिल्ला निर्वाचन आयोगले उपलब्ध गराउने मतदाता नामावलीमा समावेश भएको निस्सा उपलब्ध गराउन नसकेपछि एमालेका पाँच उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्न नसकेका हुन् ।
ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र बुझाउन पुगेका एमाले उम्मेद्वारहरु बलराम बास्कोटा, यदुराम भुसाल, सिंहबहादुर विक, उदय शर्मा र रामचन्द्र राई जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराउने मतदाता नामावलीमा समावेश भएको निस्सा नलिई कार्यालय पुगेका थिए ।
मनोनयनपत्र दर्ता गर्न नपाएपछि उनीहरुले अहिले जिल्ला निर्वाचन कार्यालयबाट निस्सासहितका कागजात लिएर जाने तयारी गरिरहेको जनाइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








