मिस जस्मिनालाई चिठ्ठी

म त आर्यघाटको समिता जस्तै हु नि जस्मिना मिस l हजुरले भनेको जस्तै जिन्दगी छैन नि अहिले l समुन्द्र परको सहरबाट हजुरलाई सम्झिरहेछु l हजुरको फोनलाई सारथी बनाएर मैले उनी सँग यति कुरा गरेकी सायद हजुरको कल डिटेल्स हेर्ने हो भने अझै पनि ताजै छ होला नि है ? हजुरले त भुलिसक्नु भयो होला अतीत हो नि मिस म l सम्झिनु भयो होला पक्कै, चिन्नु भयो होला ?

राम र सिताको जस्तो भन्नु हुन्थ्यो नि हैन र मिस हाम्रो जोडीलाई तर असलमा राम र सीतालाई नै हाम्रो जोडी मन परेन नि l हेर्नुस् त आज सरस्वतीको पूजा पक्कै मेरो रोल बच्चाहरूलाई भुलाउने या भनु कम्प्युटर लिएर बस्ने नै त हुन्थ्यो होला नि ? सम्झनामा त म पक्कै छु होला नि मिस है l त्यो डीपार्टमा आज अरू नै कोही बसेको पक्कै होला तर कहीँ न कहीँ कतै न कतै मेरो याद छ होला नि मिस है ?

लोडसेडिङको मारमा त म परेकै थिए तर पनि मेरा लागि ती बिहानहरू अनि साँझ अबेला सम्म कम्पुटरमा अनि उसैको साथमा बसेर काम गर्दा मेरा मन कम्ता रमाउने थिएन नि त्यो सबलाई नजिकबाट निहालेर पनि चुप बस्ने हजुरलाई म खै कुन शब्दले धन्यवाद दिऊँ ?

मेरा हरेक पाइलामा मेरो साथ दिन्छु भनेर कसम खानेले त चटक्कै माया मारे अब हजुरले त झन् कुन साइनोले सम्झिनुहुन्थ्यो होला र ? मिस याद छ विदेश जान पटक्कै मन थिएन नि है मलाई मैले भनेको पनि थिए तर के गर्नु नियतिले गर्दा आज म परदेशी भए तर मेरा पाइला अझै पनि त्यतै कतै छुटेकी के हो जस्तो हुन्छ l म त्यो डिल्लीबजार सम्झिन्छु म अर्बिट कन्सल्टेन्सी सम्झिन्छु अझै भन्नु पर्दा म टिचिङको ओरालो झल्झल्ती सम्झिन्छु नि मिस थाहा छ हजुरलाई ?

हजुर त नेपाली टिचर है l ह्रस्व दीर्घ नमिलेर रातो मसीले सबै वाक्य मिलाउनु हुन्थ्यो नि मिस हो ठ्याक्कै मेरो जिन्दगी पनि त्यस्तै भएको छ तर फरक यति हो हजुरको कलमको मसी खर्चिन परेको छैन l हजुरले हिजो पनि देख्नु भयो आज पनि हेरिरख्नु भएको होला ल आत्मा साछी राखेर भन्नुस् त मिस कमजोरी कहाँ निर थियो र छ ? हुन त हजुर पनि सीमित बन्धनमा बधिनु परेको छ त्यो मैले बुझेको छु मिस तर असलमा को कहाँ सम्म र कति सम्म गर्न सक्छ र गिरिराको छ भन्ने कुरामा सायद हजुर पनि प्रस्ट हुनुहुन्छ होला ?

मिस चिठ्ठीमा त दुखः सुख मिसाएको राम्रो र मिठो हुन्थ्यो होला हगि तर मेरा चिठ्ठीले त केवल गुनासो मात्रै बोकेका छन् l थाहा छ मिस गल्ती म बाट पनि भए । न भएको हैन तर मलाई त फकाएर बदला लिइयो नि सायद हजुरलाई पनि थाहा होला सब तर मिस मलाई साच्चिकै बदला लिएर के उनी खुसी छिन त ?

धत् मिस हजुरको याद आयो अनि चिठी लेखे तर चिठीमा त केवल गुनासो मात्रै लेखेछ भनेर नधिकार्नु होला l एकदम तिर्खाएको प्यासी हु थोरै बाछिट्टाले हाने पनि प्यास मेटिन्छ मिस l मौका मिले पढ्नु होला अनि मेरी उनी सम्म सन्चै आरामै भएको जानकारी दिनुहोला मिस आजलाई यति नै बिट मार्ने आज्ञा चाहन्छु र अन्त्यमा उनको सम्झना स्वरूप एउटा गजल सुनाइदिनु होला l

गजल :
आशुको मसीले लेख्या जीवनको त्यो गीत हु म l
धुमील वर्तमान उज्यालो भविष्य कालो अतीत हु म ll

ओ गुलाब अब नगर म सँग कुनै प्रेमको वार्तालाप l
तिमीमा ताप्केको बिलाईजाने एक थोपा सित हु म ll

शब्दहरू हो आओ न प्यारले सुमसुम्याऊ मलाइ l
तिमीहरूको लागि दामी कथा एकादेशको प्रीत हु म ll

फकाएरै मिठो बादलाको असजिलो जालोमा पारियो l
जोड घटाऊ गुणा भागर सब भोगेको गणित हु म ll

उही तपार्इकाे
अतीत  “”अशोक दवाडी””

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =