सुकुटे बस दुर्घटनाः घाइतेलाई भेट्न अस्पताल पुगे देउवा, चिकित्सकसँग यस्तो आग्रह
२०७६ कार्तिक १८ गते

कार्तिक १८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुनकोशी नदीमा बस खस्दा घाइते भएका बिरामीहरुलाई भेट्न अस्पताल पुगेका छन् ।
सोमबार बिहान धुलिखेल अस्पताल पुगेर सभापति देउवाले घाइतेहरुको अवस्थाबारे जानकारी लिए । घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउँदै उनले नआत्तिन आग्रह गरे ।
घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देउवाले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे।

आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट आउँदै गरेको बा२ख ७२७५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ । करिब ४० जना घाइते धुलिखेल अस्पतालमा उपचाररत छन्।
२०७६ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








