पाँच करोडको लगानीमा मन्दिर निर्माण, स्वर्ण महोत्सवको तयारी

जिरौना(रत्ननगर), माघ ६ । रत्ननगर नगरपालिकाको जिरौनामा ५ करोडको लागतमा श्रीकृष्ण प्रणामी मन्दिर बनिरहेको छ । मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको छ ।

मन्दिर निर्माण समितिले शनिबार पत्रकार सम्मेलन गरी आफ्नो स्वर्ण महोत्सव मनाउने तयारीमा जुटेको जानकारी दिएको छ ।
यही फागुन ५ गतेदखि १२ गतेसम्म मन्दिर परिसरमा स्वर्ण महोत्सव आयोजना गरिएको छ ।

फागुन ५ गतेदेखी १२ गतेसम्म मन्दिर परिसरमा १०८ पाठपारायण ज्ञान महायज्ञ एवम् श्रीमद् भागवत कथा अनुष्ठान गरिने भएको हो । महायज्ञमा श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य श्री १०८ कृष्णमणीजी महाराजले प्रवचन दिनेछन् । स्वर्ण महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने पत्रकार सम्मेलनमा बताइएको थियो ।

यस मन्दिर २०२४ सालमा स्थापना भएको स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक तिलकराज शर्माले जानकारी दिए । मन्दिरको स्वर्ण महोत्सव सम्पन्न गर्न १ हजार १ सदस्सीय मूल समारोह समिति र ३६ वटा उपसमितिहरु गठन गरिएको उनले बताए । मन्दिर निर्माण र महायज्ञको तयारी तिव्र रुपमा भैरहको उनको भनाइ थियो ।

जिरौनालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने उदेश्यले मन्दिर निर्माण गरिएको मन्दिर निर्माण व्यवस्थापन समितिका संयोजक श्यामप्रसाद वरालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =