फागुन ११ गतेका लागि रिलिज डेट लिएको ‘रोमियो एण्ड मुना’ को प्रदर्शन मिति सर्यो
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ ५ । फागुन ११ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘रोमियो एण्ड मुना’ को प्रदर्शन मिति पछि सरेको छ । सौगात मल्ल अभिनित चलचित्र ‘पञ्चेबाजा’ सोही मितिमा रिलिज हुने भएपछि ‘रोमियो एण्ड मुना’ पछि हटेको हो ।
‘रोमियो एण्ड मुना’ अब चैत २ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रमा सृष्टि श्रेष्ठ र विनय श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गरेका छन् ।
‘रोमियो एण्ड मुना’ को गीत ‘स्याडविच मी…’ को भिडियो प्रशारण गर्न केही टेलिभिजन च्यानलहरुले प्रसारण गर्न अस्वीकार गरेको थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








