धरानमा अमर सेवा समाजको वार्षिकोत्सवमा बिबिध कार्यक्रम हुने

माघ २२ धरान । आउँदो फागुन २ गते अमर सेवा समाज धरान १३ मा हुन गईरहेको समाजको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनमा विविध कार्यक्रम गरी मनाइने भएको छ । 

 

समाजको कार्यक्रममा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाउने तयारी भएको समाजका महासचिव गोपाल श्रेष्ठले जानकारी दिएका छन् । आउँदो फागुन २ गते १३ नं. वडाका विद्यालयहरूका लागि चित्रकला प्रतियोगिता आयोजना हुनेछन भने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद पुरस्कार ३ हजार, २ हजार र १ हजार प्रदान गरिने श्रेष्ठले बताए । 

null

यस्तै, सोही दिन ‘दुव्र्यसन निराकरणमा अभिभावकको भूमिका’ विषयक अन्तर मावि स्तरिय वक्तृत्व कला प्रतियोगिता समेत आयोजना हुने श्रेष्ठले जानकारी दिएका छन् । उनले वक्तृत्व कलामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार नगद प्रदान गरिने पनि बताएका छन् । 

त्यस्तै फागुन ३ गते खुल्ला नेपाली कविता प्रतियोगिता समेत गराईनेछ र सो प्रतियोगीतामा पनि नगद पुरस्कार क्रमस ८ हजार, ५ हजार र ३ हजार रहेको श्रेष्ठले जानकारी दिए । यस्तै फागुन ४ गते युगल नेपाली कविता प्रतियोगिता हुने आयोजक अमर सेवा समाजले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 7 =