लागु औषधसहित श्रीमान्–श्रीमती पक्राउ

फागुन १६, विराटनगर । लागु औषधसहित श्रीमान् र श्रीमती पक्राउ परेका छन् ।  

विराटनगर महानगरपालिकास्थित बसपार्क क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बिहीबार श्रीमान २६ वर्षीय दिपेश श्रेष्ठ र श्रीमती २१ वर्षीया तृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।  

उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप नामक दुई सय ६० पिस, र सिरिन्ज तीन थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जनाकारी दिए ।  

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।  

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता राईले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =