निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्दै प्रधानमन्त्रीले भने, ‘निर्माण कार्यलाई तीव्रता दिनुस्’

 

चैत ८, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिएका छन् । 

आज बिहान भैरहवा आएका प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिए । 

null

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले स्थलगत अवलोकन गरेका थिए । 

विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख ई प्रवेश अधिकारीले विवरण प्रस्तुत गर्दै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराए । 

यसपछि प्रधानमन्त्री ओलीले तिलोत्तमा नगरपालिका–१ स्थित निर्माणाधीन प्रदेशस्तरको मेडिकल कलेज र चौराहास्थित बुटवल – नारायणगढ सडक खण्डको छ लेनको सडक विस्तारको उद्घाटन गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =