नेविसंघका अध्यक्ष महरसहित ६ जना पक्राउ
२०७५ माघ २२ गते

माघ २२, काठमाडौँ । प्रहरीले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई पक्राउ गरेको छ ।
गत शनिबार पोखरामा सरकारी गाडी जलाउने आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै विरोधमा उत्रिएका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सार्वजनिक बिदाको दिन गाडी चलाएको भन्दै पोखरामा सरकारी गाडी जलाउने नेविसंघका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।
null
यसैको विरोधमा मिनभवनस्थित कमर्स क्याम्पसबाट नेविसंघ अध्यक्ष नैनसिंह महरको नेतृत्वमा निस्केको जुलुस बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा आइपुग्नेबित्तिकै प्रहरीले हस्तक्षेप गरेको थियो ।
सरकारी गाडी जलाउनु गलत भएको बताएका कांग्रेस सांसद गगन थापालाई सोमबार पोखरा नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।
२०७५ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








