सरकार सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अन्तिम तयारीमा
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ २ सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अन्तिम तयारी गरेको छ । प्रदेश प्रमूख नियुक्तीको विषयमा निर्णय गर्न आज दिउँसो मन्त्रिपरिषद् वैठक बस्दैछ ।
वैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना रहेको बाणिज्य मन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो । प्रदेश प्रमुख र कार्यालय सञ्चालनका लागि अस्थायी कार्यालय तोक्न आवश्यक तयारी पूरा भएको उहाँले बताउनुभयो ।
शुरुमा मन्त्रिपरिषद्को बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रीहरूलाई खबर गरिएको थियो । तर, एमाले र माओवादी केन्द्रसँग थप परामर्श गरेर प्रमुख र शपथ खाने कार्यालय तोक्ने भएपछि अपराह्न साढे ४ बजे बालुवाटारमा बैठक बस्ने भएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








