नक्कली सुन ५० लाखमा बिक्री गर्न खोज्ने ६ जना पक्राउ
२०७६ कार्तिक ३ गते

कार्तिक ३, काठमाडौं । नक्कली सुन देखाएर ठगी गर्ने ६ जना पक्राउ परेका छन् । कपन निलो पुल नजिकै १ किलो नक्कली सुन देखाएर सक्कली सुन भन्दै ५० लाखमा बिक्री गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मंगले तामाङ्ग, किरण लामा, सुजन रसौली, विष्णु बहादुर राउत, नवराज राउत, रोशन बुढा मगर रहेका छन् ।
गोप्य सुचना प्राप्त हुनासाथ तत्काल काठमाडौं परिसरबाट खटिएको विशेष टोलीले खरिद कर्ताले सुन लिन मोलतोल गर्दे गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेकाे हाे ।

उनीहरुको साथबाट १ किलो नक्कली सुन र ६ थान मोबाइल समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई परिसर काठमाडौबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।
२०७६ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








