मोटरसाईकल दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित चार घाईते

धनगढी, पुस ३० । मोटरसाइकल दुर्घटनामा परी कैलालीमा गाउँपालिकाका अध्यक्ष सहित चार जना घाइते भएका छन् ।
आइतबार दिउँसो गौरीगंगा नगरपालिका–३, कुचैनी पुल नजिकमा मोटरसाइकल एक आपसमा ठोक्किंदा चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरसहित चार जना घाइते भएका हुन् ।

गाउँपालिका अध्यक्षको से ३ प ४१६३ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ प ५९८३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

अध्यक्ष रोक्का मगरको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । अध्यक्षको बाइकमा सवार चुरे गाउँपालिका बस्ने ४४ वर्षीय प्रेम आचार्य पनि गम्भीर घाइते रहेको कार्यालयले जनाएको छ ।

म. १ प. ५९८३ का मोटरसाइकल चालक गौरीगंगा नगरपालिका बस्ने २४ वर्षीय मुन्ना चौधरी र सवार ३९ वर्षीय जितबहादुर मल्ल सामान्य घाइते भएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 15 =