यस्तो छ इरफान र करिनाको ‘अंग्रेजी मिडियम’ काे ट्रेलर

फागुन २, काठमाडौँ । बलिउड अभिनेता इरफान खान र अभिनेत्री करिना कपुरद्वारा अभिनित चलचित्र ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक गरिएको छ ।   

चलचित्रमा इरफान र करिनासँगै राधिका मदान र करीना कपुर खान, दीपक डोबरियाल, डिम्पल कपाडिया लगायत कलाकारको अभिनय रहेको छ ।  कमेडीले भरिपूर्ण यस चलचित्रमा  ‘अंग्रेजी मिडियम’मा छोरीलाई लण्डनमा पढाउन एक बाबुले गरेको संघर्षलाई देखाउन खोजिएको छ ।   

२ मिनेट ५५ सेकेण्डको यस चलचित्रको टे«लरलाई दर्शकले निकै रुचाएको छ । बिहिबार सार्वजनिक भएको यस चलचित्रको ट्रेलरले दुई दिन पुुरा हुन नपाउँदै झण्डै २ करोड भ्यूज बटुल्न सफल भएको छ । 

Image result for ‘अंग्रेजी मिडियम’

चलचित्रको प्रदर्शन मिति भने २० मार्च २०२० तोकिएको छ ।  बिगत २ वर्षदेखि ट्यूमरबाट ग्रसित अभिनेता इरफानले ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक हुनुभन्दा अगाडि  फ्यानलाई एक इमोसनल म्यासेज जारी गरेका थिए ।   

https://youtu.be/rzlfeocUVhI 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =