प्रदेश १ मा एक महिनाभित्रै मिडिया कानुन आउँछ : कानुन मन्त्री कार्की

माघ २८, धरान । प्रदेश नं १ का आन्तरिक मामीला तथा कानुन मन्त्री हिक्मत कार्कीले एक महिना भित्र प्रदेश सरकारले रेडियो मैत्री कानुन बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सुनसरीको ईटहरी उपमहानगरपालिका स्थित रहेको होटल ईस्टर्न प्लालेसमा मंगलबार आयोजित ९ औं विश्व रेडियो दिवस तथा ‘रेडियो र विविधता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता ब्यक्त गरेकाे हाे ।
प्रमुख अतिथिति समेत रहेका मन्त्री कार्कीले कानुनलाई अन्तिम रुप दिने क्रममा सामुदायिक तथा व्यवसायिक रेडियामा आवद्ध पत्रकार र पत्रकार महासंघ लगाएतका सरोकारवालासंग छलफल गरिने पनि बताए ।

उनले नेपालमा रेडियोहरु अझै धेरै बर्ष जनताको सूचनाका लागि सहज र प्रभावकारी सूचनाको माध्यमहरु मध्ये पहिलो माध्यम नै रहने विश्वास व्यक्त गरे ।
मन्त्री कार्कीले जनताको चेतनास्तरलाई माथि उठाउने काममा लागिरहन रेडियो कर्मीलाई आग्रह गरे । रेडियो हिजो पनि सूचनाको बलियो माध्यम थियो, आज पनि सशक्त छ, त्यसैले समाजमा रहेका रेडियोहरुले कार्यक्रम, व्यवस्थापन लगाएतका विषयमा विविधतालाई ध्यान दिनुपर्ने उनको सुझाव पनि थियो ।
उनले भने ‘हामीकहाँ धेरै विविधता छ, प्रदेश नं १ नेपालकै सबैभन्दा धेरै विविधता बोकेको प्रदेश हो त्यसैले पनि आगामी वर्षको बजेटमा सामुदायिक र व्यवसायिक दुबै रेडियोका लागि बजेट विनियोजन संगै रेडियोकर्मीहरुले देश बनाउने कममा केन्द्रीत हुनुपर्नै ।’ साथै मन्त्री कार्कीले विद्यालय र युवापुस्ताका लागि विशेष कार्यक्रम निर्माण तथा प्रसारण गर्न आग्रह आग्रह गरे ।
सोही कार्यक्रममा इटहरी उपमहानगरपालीकाकी उपप्रमुख लक्ष्मी गौतमले सञ्चारहरुको माध्यममध्ये रेडियो जेठो, लोकप्रिय, सहज पहुँच पुर्याउन सकिने र प्रभावकारी सञ्चार माध्यम रहेको दावी समेत गरे ।
गाैतमले आफुले बुहारी जीवनमा घरमा रेडियो लुकाएर राखेको, खेतको डिलमा रेडियो राखेर घाँस काट्ने, काम गर्ने गरेको स्मरण गर्दै, रेडियोकै कारण राजनैतिक चेतना बढेको बताए ।
उनले अहिले रेडियोका कार्यक्रमको गुणस्तर खस्किएको टिप्पणी गर्दै मेहनत गर्न रेडियोकर्मीहरुलाई सुझाव पनि दिए । साथै सूचना र जानकारीका लागि रेडियोले अझै महत्वपूर्ण काम गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै ब्रोडकास्टीङ एशोसीयसन अफ नेपाल बानको अध्यक्ष चन्द्र न्यौपानेले सरकारले कानुन बनाउने, रेडियोहरुका लागि बजेट छुट्याउने विषयमा रेडियोकमीहरुसंग समन्वयन गर्नुपर्ने बताए ।
उनले रेडियोकर्मीहरु निस्कृय भएको तर्क सचेत गराउदैँ रेडियोलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष एवं कार्यक्रममा अध्यक्ष अर्जुन राईले प्रदेश सरकार र स्थानिय सरकारले रेडियोहरुसंग थप सहकार्य गर्नुपर्ने बताएका थिए भने अकोराबका सचिव बन्दना दनुवारले विविधता सामुदायिक रेडियोहरुको विशेषता रहेको स्पष्ट पारे ।
एता नेपाल पत्रकार महासंघ प्रदेनं १ का अध्यक्ष विक्रम लुईंटेलले सूचना प्रवाहमा रेडियोले पुर्याएको योगदानको चर्चा गर्दै रेडियोमैत्री कानुन र आवश्यक बजेटका लागि सरकारले ध्यान पुर्याउनुपर्ने बताए ।
सामुदायिक रेडियो प्रसारक संघका (एकोराब)ले साताव्यापी रुपमा गरेको कार्यक्रममा दलित पत्रकार संघ प्रदेश नं १ का अध्यक्ष नैन विश्वकर्मा, स्वतन्त्र पत्रकार सेनानी कौशल चेम्जोङ, आदिवासी जनजाति पत्रकार संघ प्रदेश नं १ का अध्यक्ष अर्जुन जम्नेली राई, गणतन्त्र एफ एमका पूर्व स्टेशन म्यानेजर तथा पत्रकार राजेन्द किराती लगाएतले रेडियो र विविधताका विषयमा धारणा राखेका थिए ।
प्रदेश नं १ का ६० भन्दा बढि सामुदायिक रेडियोर्मी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।








