इटालियन सिरिएः डिबालाको गोलले युभेन्टसलाई पुर्यायो पहिलो स्थानमा

कात्तिक २५, एजेन्सी । इटालियन सिरिएमा एसी मिलानलाई १–० ले हराउँदै युभेन्टस पुनः शीर्ष स्थानमा पुगेको छ । पाउलो डिबालाको गोलले युभेन्टसले घरेलु मैदानमा मिलानसँग तीन अंक प्राप्त गर्न सफल भएसँगै शीर्ष स्थानमा पुगेको हो ।   

खेलको ७७औं मिनेटमा पहिलो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका  डिबालाले खेलको अन्तिम समयमा पुनः अर्को गोल हान्ने मौका पाएपनि गोल भने हुन सकेन । यद्यपी उनले हानेको पहिलो गोल नै निर्णायक गोल बन्न पुग्यो र युभेन्टसको जित सुनिश्चित भयो ।   

जितसँगै लिगमा युभेन्टसले १२ खेलबाट ३२ अंक जोडेको छ भने दोश्रो स्थानमा रहेको इन्टरमिलानको ३१ अंक छ। युभेन्टससँग भिडेको एसी मिलान भने १३ अंकसहित चौधौँ स्थानमा रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =