गगन थापालाई नेविसंघले देखायो कालो झण्डा

माघ २१, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापालाई कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कालो झण्डा देखाएको छ । 

सरकारलाई खबरदारी गर्न सोमबार कांग्रेसले पोखरामा गरेको विरोध प्रदर्शनको कोण सभालाई सम्बोधन गर्ने क्रममा उनलाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो । 

नेविसंघका कार्यकर्ताहरुले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै गत शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरकोे सरकारी गाडीमा आगजनी गरेका थिए । 

null

उनीहरुले काठमाडौंमा सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्याल, सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिव लगायतको गाडी नियन्त्रणमा लिएका थिए । 

नेता गगन थापाले सरकारी गाडी जलाउनु गलत मात्र नभएर निन्दनीय भएको भन्दै यस्तो कामलाई दुरुत्साहन गर्न आफू डटेर लाग्ने अभिव्यक्ति दिएका थिए । 

नेता थापाले घटनाको निन्दा गरेको भन्दै नेविसंघले कालो झण्डा देखाएको हो । नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरिरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =