नोबेल क्वीज मेनिया ६ को एसियाली स्तरको प्रतियोगिता शुरु

“
काठमाडौं, पुस २५ । एक्रेटिभ मिडियाको निर्माण गरी हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजन मार्फत प्रसारण गरिरहेको हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया ६ को एसियाली स्तरको प्रतिस्पर्धाको छायांकन शुरु भएको छ । विभिन्न एसियाली राष्ट्रहरुबाट छनौटमा परेका उत्कृष्ट प्रतिस्पर्धी समूहहरु जनावरी ७ देखि काठमाडौंमा आयोजना भइरहेको अन्तिम चरणको प्रतियोगिताकाबीच प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाल, भारत, बंगलादेश, इन्डोनेशिया, फिलिपिन्स, भियतनाम, थाइल्याण्ड, हंगकंग, म्यानमार र टर्कीका विभिन्न विद्यालयहरुको सहभागिता रहेको सो कार्यक्रमको समापन समारोह १२ जनावरी, २०१८ मा सम्पन्न हुँदैछ ।
प्रतिस्पर्धाका विजेता समूहले ५००० अमेरिकी डलर प्राप्त गर्नेछन् भने दोश्रो तथा तेश्रो हुने समूहलाई क्रमशः ३००० तथा १५०० डलर पुरस्कार स्वरुप प्रदान गरिनेछ ।
अन्तिम चरणको कार्यक्रमकै दौरानमा आयोजकले विभिन्न एसियाली राष्ट्रहरुबाट भेला भएका सहभागीहरुका लागि पोखरा तथा काठमाडौंका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण–तालिका तय गरेको छ । नेपालको कला, संस्कृति, भेषभुषा, पर्यटन लगायतका विविध विधाको अन्तर्राष्ट्रिय समूदायबीच प्रचारप्रसार गरी देश विकासमा योगदान पु¥याउने लक्ष्य समेत आयोजकले लिएको छ ।
“








