लेभान्टेसँग बार्सिलोना ३–१ गोलले पराजित, रियल मड्रिड र रियल बेटिसबीचको खेल १–१ गोल बराबरी

कात्तिक १७, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना लेभान्टेसँग ३–१ ले पराजित भएको छ । शनिबार राति भएको खेलमा लेभान्टेको मैदानमा बार्सिलोनाले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । खेलको ३८औं मिनेटमा बार्सिलोनाका तर्फबाट पेनाल्टीमार्फत लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई घरेलु टिमले धेरै बेर टिकाउन दिएन । खेलको दोस्रो हाफमा तीन गोल फर्काउँदै लेभान्टेले हराउन पुग्यो ।
लेभान्टेकातर्फबाट ६०औं मिनेटमा जोसे क्याम्पानाले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसको दुई मिनेटपछि लगत्तै बोर्जा मायोरालले क्याम्पानाकै पासमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।
त्यसको पाँच मिनेटपछि नेमान्जा राडोजाले निर्णायक गोल गर्दै लेभान्टेले अग्रता ३–१ गोल अन्तरले जित दिलाउन सफल भए । त्यस्तै शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिड र सेभियाले पनि एक/एक गोल बराबरी खेलेका छन् ।

सेभियाको मैदानमा भएको खेलमा फ्रांको भाज्क्वेजले गोल गर्दै घरेलु टोलीलाई २८औं मिनेटमा अग्रता दिलाए । तर खेलको ६०औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिको मड्रिडलाई खेल बराबरीमा पुर्याए ।
मोराटाले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो र खेल बराबरीमा टुंगिएको हो ।








