फोहोरको थुप्रोमा गोली फेला, गोली चलेको हुन सक्ने प्रहरीको अनुमान
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २३ । काठमाडौंको म्हैपीमा फोहोरको थुप्रोमा गोली तथा खोका फेला परेको छन् । काठमाडौं महानगरपालिका–२६ म्हैपीस्थित सडक किनारमा रहेको फोहोरको थुप्रोमा ६ राउण्ड गोली तथा गोलीका खोका फेला परेको महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेले जनाएको छ ।
फोहोरमा गोली देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । थुपारिएको फोहोरमा गोली फेला परेको र सोको बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरीवृत्त सोहखुट्टेका प्रमुख डिएसपी दीपक पोखरेलले जानकारी दिए ।
गोली फेला पारेको ठाउँ प्रहरीले नियन्त्रणमा लिएर त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । गोलीको खोका समेत फेला परेको हुँदा त्यहाँ गोली चलेको हुन सक्ने प्रहरीको अनुमान छ। उक्त गोलीहरु कसले राखेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








