माघ ५ देखि सिमरा गोल्ड कप हुने

सिमरा, पुस २२ । नवौँ संस्करणको सिमरा गोल्डकप आगामी माघको अन्तिम सातादेखि हुने भएको छ । आयोजक नव–जनजागृती युवा क्लबले आज पत्रकार सम्मेलन गर्दै माघ २५ देखि फागुन ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।

बाराको सिमरा रंगशालमा हुने प्रतियोगितामा ए डिभिजन लिग खेल्ने क्लबहरुसँगै १० टिमको सहभागिता हुने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले बताए । उनका अनुसार साविक विजेता सिमएमजी संकटा, मनाङ मर्स्याङदी क्लब, थ्री स्टार क्लब, जावालाखेल युथ क्लब, विभागीय क्लबद्वय सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी, वीरगन्ज युनाइटेड, पोखराको साहरा क्लब, रुपन्देही–११, हेटौँडा–११, झापा–११ र आयोजक नवजनजागृती मध्ये १० टिमले प्रतियोगिता खेल्नेछन्।

प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार तथा उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =