पिकअपबाट खसेर एक युवाको मृत्यु
२०७४ जेठ १५ गते

“
तेह्रथुम, २१ पुस । तेह्रथुमदेखि धनकुटातर्फ जाँदै गरेको पिकअपबाट खसेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन् । बिहीबार राति ९ः३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको जिल्ला अस्पताल धनकुटा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । पिकअप र चालक संखुवासभाको स्यावुन–८ घर भई हाल धनकुटा–७ बस्ने ४७ वर्षीय गयराम श्रेष्ठलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








