सुनसरीमा एक महिलाले आफ्नै शरीरमा आगो लगाइन्

वैशाख ३, धरान। सुनसरीकी एक महिलाले आफ्नो शरीरमा आगो लगाएकी छन्। नेपाल-भारत सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका-५ लवटोलियाकी ३२ बर्षीया धनमाया भट्टराईले आफ्नो शरीरमा आगो लगाएकी हुन्।   

आफैले शरीरमा आगो लगाउँदा उनी गम्भीर घाइते भएकी छन्। घरायसी विवाद भएपपछि भट्टराईले मङ्गलवार राती साँढे ११ बजे आवेशमा आएर आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाएकी थिइन।  

भट्टराईको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सितागंज सुनसरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =