इँटाभट्टा बन्द गर्न अटेर गरे कारवाहीमा परिने

माघ २२, भक्तपुर ।  चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै भए पनि हटाइउने नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । 

नगरपालिकाले आज आयोजना गरेको इँटाभट्टा व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले नगर क्षेत्रभित्र उक्त नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अन्य वैकल्पिक पेशा सञ्चालन गर्न सुझाव दिनुभयो । 

नगरप्रमुख मिश्रले भन्नुभयो,“इँटाभट्टाका कारण भक्तपुर प्रदूषित बन्दै गएको छ, अब नगरत्रभित्र इँटाभट्टा बन्द गर्ने र नयाँ भटृा खोल्न नपाउने नियम बनाइएकाले यसको पालना गर्दै इँटाभट्टा बन्द गर्न अनुरोध गर्दछौ ।” उनले व्यवसायीलाई वैकल्पिक पेशा अङ्गिकार गर्न पनि सुझाव दिए । 

null

अहिले सञ्चालनमा रहेका भट्टाका कारण माटोको उर्बराशक्तिमा ह्रास आउनाका साथै कृषि उत्पादन घटेको र आम मानिसको स्वास्थ्यमा समेत असर परेकाले नगर क्षेत्रभित्र इँटाभट्टा हटाउने अभियान नगरपालिकाले नै सञ्चालन गर्ने जानकारी दिँदै उनले आगोले नपोली बिजुलीबाट पोलिने इँटा उद्योग सञ्चालन गर्न भने प्रोत्साहन गरिनेमा जोड दिए। 

नगर उपप्रमुख बिना बास्तोलाले भट्टाका कारण नगरको सुन्दरता नै कुरुप बनेकोले इँटाभट्टा बन्द गर्नुको विकल्प नभएको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सिनाले ईटाभट्टा नगरपालिकाको नियमन क्षेत्रभित्र आइसकेकाले प्रदूषणयुक्त भट्टा सञ्चालन गर्ने छुट अब नगरपालिकाले दिन नसक्ने बताए । 

वडा नं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले ईटाभट्टाले नगरपालिकालाई तिरेको करभन्दा कैयौँ गुणा प्रदूषण उत्पादन गरी नागरिकको स्वास्थ्यसँग खेलवाड गरेको बताए । इसिइसिपीका निर्देशक अर्जुन भट्टले चिनीयाँ प्रविधिमार्फत प्रदूषणमुक्त अत्याधुनिक इँटा उद्योग सञ्चालन गर्न सकिने भएकाले त्यस्तो प्रविधि प्रयोगतर्फ केन्द्रित हुन व्यवसायीलाई आग्रह गरे । 

भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ हेम्बा, व्यवसायी सुरेश खत्री, राजकुमार लामालगायतले व्यवसाय बन्द गर्ने मानसिकता भन्दा पनि इँटा उद्योग सुधार गरेर व्यवसाय व्यवस्थित गर्नुपर्नेमा जोड दिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =