ए डिभिजन लिग : च्यासललाई हराउँदै फ्रेन्डस् विजयी
२०७६ माघ १६ गते

माघ १६, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा च्यासल युथ क्लबलाई पराजित गर्दै फ्रेन्ड्स क्लब विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले च्यासललाई १–० गोलले हराएको हो ।
फ्रेन्ड्सका लागि उत्तम राईले खेलको ८४ औं मिनेटमा निर्णयक गोल गरे ।
आजको खेलमा उक्तम राई म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । जितसँगै नौ खेलबाट ११ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट नौ अंक बनाएको च्यासल १० औं स्थानमा छ ।
२०७६ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित








