पहिलाे पटक डाेरीतान खेल प्रतियाेगितामा नेपाली खेलाडीकाे सहभागिता हुँदै

भाद्र २६, विराटनगर । नेपालबाट पहिलो पटक डोरीतान खेल प्रतियोगितामा नेपाली खेलाडी सहभागी हुँदैछन् । प्रदेश १ बाट डोरीतान खेलका लागि खेलाडीहरू थाईलेण्ड जान लागेका हुन्। ती खेलाडीहरुलाई प्रदेश १ का सामाजिक विकास  मन्त्री जीवन घिमिरेले विदाई गरेका छन् ।   

थाइल्यान्डमा हुन लागेको १४ औं एसियाली डोरीतान खेल प्रतियोगिताका लागि नेपालबाट प्रतिनिधित्व गर्दै थाईलेण्ड जानका लागेका १०  खेलाडीलाई विदाई गरिएको हो  । 

मोरङ जिल्ला डोरीतान संघको आयोजनामा भएको उक्त विदाई कार्यक्रममा सामाजिक विकास मन्त्री घिमिरेले खेलाडीहरुलाई जीतको शुभकामना पनि दिए । अन्तराष्ट्रिय स्तरमा पहिलो पटक सहभागिता जनाउन लागेको डोरीतान खेलका लागि नेपालबाट ८ खेलाडी २ बैकल्पिक, एक जना टिम मेनेजर सहित ११ जनाको टोली थाईलण्ड जादैछ । 

null

थाईलेण्डको आयुथा भन्ने स्थानमा आगामी भदौ २८ र २९ गते हुनलागेको १४ औं एसियाली खेल प्रतियोगीतामा नेपाली टोली सहभागी हुदैछन् । प्रतियोगितामा २० वटा राष्ट्रका खेलाडी सहभागी हुनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =