कृष्ण मन्दिरद्वारा कोरोना राहत कोषमा सहयोग

चैत्र २२, चितवन। खैरहनी नगरपालिकामा स्थापित कोरोना नियन्त्रण तथा राहत कोषमा श्रीकृष्ण प्रणामी मन्दिर बुढौलीले आर्थिक सहयोग गरेको छ। खैरहनी नगरपालिकाले एकद्वार  प्रणाली अवलम्बन गर्दै कोरोना भाइरस नियन्त्रण तथा राहत कोष स्थापना गरेको थियो।   

एकद्वार  प्रणालीबाट  वितरण गरिएको राहत प्रभावकारी हुने भन्दै कृष्ण मन्दिरको तर्फबाट २५ हजार बराबरको चेक नगरपालिकालाई बुझाएको हो। मन्दिरका अध्यक्ष भरतराज सुवेदीसहितको टोलीले खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीलाई सो चेक हस्तान्तरण गरेका थिए। विपद्को वेला थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको मन्दिरका अध्यक्ष सुवेदीले बताए।   

चेक ग्रहण गर्दै नगर प्रमुख चौधरीले मन्दिरले गरेको आर्थिक सहयोगको सही सदुपयोग हुने विश्वास दिलाए। चेक हस्तान्तरणका लागि मन्दिरका अध्यक्ष सुवेदीको नेतृत्वमा उपाध्यक्ष गणेश गजुरेल, सचिव ध्रुव अर्याल, समाजसेवी मुरली प्रसाद गजुरेल नगरपालिका पुगेका थिए।   

यसैबिच समाजसेवीहरूले सङ्कलन गरेको राहत शनिबार नगरपालिकाको रोहबरमा विपन्न परिवारलाई वितरण गरिएको छ। समाजसेवी मुरली प्रसाद गजुरेल, लेखबहादुर पुन, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने लगायतको टिमले राहत सङ्कलन गरेको थियो। सो राहत नगरपालिकाको विपद् व्यवस्थापन समिति संयोजक एवम् राहत व्यवस्थापन तथा वितरण समिति संयोजक भूमि प्रसाद कडेंलको उपस्थितिमा २३ घरपरिवारलाई वितरण गरिएको हो।   

नगरपालिकाले एकद्वार  प्रणाली अवलम्बन गरेपछि समाजसेवीहरूले नगरपालिकाको प्रतिनिधिको रोहबरमा राहत वितरण गरेका हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =