ए डिभिजन लिग : एनआइटीलाई हराउँदै थ्रीस्टार तेश्रो स्थानमा उक्लियो

माघ २८, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत मंगलबार भएको दोश्रो खेलबाट थ्रीस्टार क्लब तेश्रो स्थानमा उक्लिएको छ ।  एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा थ्रीस्टारले एनआरटी क्लबलाई १–० गोलले पराजित गरेको हो । 

थ्रीस्टारका लागि दिपेश घलेले निर्णायक गोल गरे । दिपेशलले खेलको ७७ औं मिनेटमा गरेको गोल र्नै थ्रीस्टारको जितमा प्रयाप्त बन्यो । थ्रीस्टारका ग्वीलामे प्रिसो म्यान अफ दी म्याच भए ।   

उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्रीस्टारले १२ खेलबाट २३ अंक बनाएको छ । थ्रीस्टार उपाधि होडबाट बाहिरि सकेको छ । १५ अंक बनाएको एनआरटी आठौं स्थानमा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =