पाँच सन्तानको हत्या गर्ने बुवालाई दिइयो मृत्युदण्ड

 

जेठ ३१, काठमाडौं । दक्षिण क्यारोलिनामा आफ्ना पाँच सन्तानको हत्या गर्ने पितालाई मृत्युदण्ड दिइएको छ । 

आफ्ना ५ सन्तानको हत्या गरेर गाडीमा राखी हप्ता दिनसम्म घुम्ने ३७ वर्षे तिमोथी जोन्सलाई मृत्युदण्ड दिइएको हो । जोन्सलाई सन् २०१४ को सेप्टेम्बरमा मिसिसिप्पी चेकपोइन्टमा पक्राउ गरिएको थियो । 

null

उनले ६ वर्षीय छोरालाई यस्तो व्यायाम गर्न निर्देशन दिए, जसले उसको मृत्यु भयो । उनले ती ६ वर्षीय बच्चाले बत्तीको तार बिगारेका कारण उक्त व्यायाम गर्न लगाएका थिए । जसकारण उसको मृत्यु भयो । उसको मृत्युपछि ती बाबुले १ देखि ८ वर्षसम्मका बाँकी ४ सन्तानको पनि घाँटी थिचेर हत्या गरे । 

तर ती पिताले भने आफ्नो पागलपनका कारण त्यस्तो घटना हुन गएको, आफ्नो कुनै दोष नभएको बताउँदै आएका थिए । अदालतले भने उनलाई दोषी ठहर गर्यो । र जून १३ (जेठ ३०) मा उनलाई मृत्युदण्ड दिइयो । 

जोन्सका वकिलका अनुसार उनको बाल्यकाल हिंसायुक्त वातावरणमा बितेको र उनले सिजोफ्रेनिया (मानसिक रोग) बाट ग्रसित आमाको माया कहिल्यै पाएनन् । यसका साथै ती वकिलले उनको एक कार दुर्घटनामा टाउकोको हड्डी भाँच्चिएको र दिमागमा चोट लागेको पनि बताए । 

अदालतद्वारा नियुक्त मनोचिकित्सक डा. रिचर्ड फ्रेयरसनका अनुसार अनुसन्धानको क्रममा जोन्सलाई एउटा कडा आवाजले अन्य चार सन्तानको पनि हत्या गर्न अह्राएको बताए । 

माइलो छोराको मृत्युपछि आफू जेल जानुपर्ने भएका कारण सबैको एकैपटक हत्या गर्नु ठिक भएको जोन्सले सोचे । फ्रेयरसन भने, ‘उनले यसबारे निर्णय गरे र सबैको हत्या गरे । उनलाई लाग्यो कि यस्तो गर्नु नै ठिक हो ।’ 

‘उनको रोगी दिमागले उनको सन्तान स्वर्गमा नै सुरक्षित हुने सोच्यो,’ मनोचिकित्सकले भने, ‘कसैलाई घृणाका कारण मार्नु हत्या हो । मायामा सन्तानको हत्या गर्नु पागलपन हो ।’ -एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =