तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
२०७४ जेठ १५ गते

“काठमाडौं, पुस ६ । देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एकदुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले आंशिक बदलीका कारण कुहिरो हट्दै गएको र तापक्रममा पनि केही सुधार भएको अवस्था छ । तर पश्चिमी वायुको प्रभावले एकदुई दिनपछि तराईमा शीतलहर तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार काठमाडौंमा केहीदिन यता न्यूनतम तापक्रम बढिरहेको छ तर अधिकतम तापक्रमकम भएका कारण चिसो महसुस भएको छ । एक दुईदिनमा अधिकतम तापक्रम घट्न सक्ने पनि बताईएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








