१२ कम्पनीलाई नेप्सेले पत्र काट्यो

पुस ४, काठमाडौं। नेप्सेमा सुचिकृत ३४ कम्पनीलाई नेपाल स्टक एक्सचेन्ज लिमिटेडले पत्र काटेको छ ।नेप्सेमा बुझाउनु पर्ने शुल्क नतिरेका, नेप्सेमा सुचिकृत भएका बार्षिक साधारण सभा नगरेका, नेप्सेको सम्पर्कमा नआएका र कारोबार रोकिएका कम्पनीहरुलाई किन र के कति कारणले यस्तो भएको हो, जानकारी गराउनु भन्दै पत्र काटेको हो ।

लामो समयदेखि कारोबार बन्द भएका र सम्पर्कमा नआएका कम्पनीहरुको हालको अबस्था जानकारी माग्दै पत्र काटेको जनाइएको छ ।

लामो समयदेखि कारोबार नभएका उत्पादन मुलक समुहका १२ कम्पनीलाई नेप्सेले पत्रकाटेको छ ।साथै सेवा समुहमा रहेको एउटा कम्पनी, अन्य समूहबाट एउटा कम्पनी, ट्रेडिङ समुहबाट ३ कम्पनी, फाईनान्स समूहका ११ कम्पनी, विकास बैंक समूहका २ कम्पनी र बीमा समूहका २ कम्पनीलाई पत्र काटिएको जनाइएको छ ।

त्यस्तै एक्युजिसनमा गएका ३ कम्पनी र मर्जर प्रकृयामा रहेको १ बाणिज्य बैंकलाई समेत नेप्सेले पत्रकाटेको छ। कम्पनीको अबस्था बारेमा जानकारी संकलन गर्न पत्रकाटेका मध्ये केही कम्पनीले आफ्नो अबस्थाको जानकारी सहित पत्र पठाएका छन् । सम्पर्कमा नरहेका अधिकासं वित्त कम्पनीहरु नेपाल राष्ट्र बैंकले समस्या ग्रस्त घोषणा गरेका कम्पनी रहेका जनाइएको छ ।

उत्पादन समूहमा रहेका १० वटा कम्पनीले पछिल्लो लामो समयदेखि नेप्सेमा तिर्नुपर्ने शुल्क तिरेका छैनन् भने, उनिहरुले आफ्नो बार्षिक साधारण सभासमेत गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =