आज अन्तराष्ट्रिय साक्षर दिवस: नेपालमा पनि मनाईँदै, उत्कृष्ट विद्यालय र क्याम्पसहरुलाई पुरष्कृत गरिने
२०७६ भदौ २२ गते

भदौ २२, काठमाडौँ । आज ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ । ‘हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलिकरण’ भन्ने नारासहित यो दिवस मनाउन लगिएको हो ।
दिवसका अवसरमा आइतबार(आज) आयोजित कार्यक्रमका अवसरमा उत्कृष्ट सरकारी तथा निजि विद्यालय र क्याम्पसहरुलाई पुरष्कृत गरिने भएको छ । सन् १९६५ मा युनेस्कोले हरेका वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा भएअनुसार आज अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन लागिएको छ ।
विश्वभरका विद्यालय, समुदाय र संस्थाहरुले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस मनाउने गरिन्छ ।
null
२०७६ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








