आज सोमबार, यस्तो छ पञ्चाङ्ग र तपाईको राशिफल

कात्तिक २५, काठमाडौँ । वि.सं. २०७६ कात्तिक २५। सोमबार। इ.स. २०१९ नोभेम्बर ११। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। 

चतुर्दशी, १७:५५ उप्रान्त पूर्णिमा। नक्षत्र– अश्विनी, २०:११ बजेउप्रान्त भरणी। योग– सिद्धि, १२:३१ बजेउप्रान्त व्यतीपात। करण– वणिज, १७:५५ बजेदेखि भद्रा, ३०:३३ बजेउप्रान्त वव।  

आनन्दादिमा राक्षस योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:२२ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २७ घडी ५ पला। शिव–बैकुण्ठ चतुर्दशी व्रत। डोटीमा केदार पूजनोत्सव। दिपायलमा जाँत। भागेश्वर मेला। धादिङमा किरान्चोक कालिका भगवती यात्रा। फाल्गुनन्द जयन्ती। 

null

तपाइको आजमेषआज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । 

वृषप्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । 

मिथुनशुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । 

कर्कटशुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । 

सिंहपरिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । 

कन्याशरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्चपनि हुनेछ । 

तुलाअतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजनपनि पाईनेछ । 

वृश्चिकमित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नै रमणीय र सुखद् यात्राको योग छ । तिर्थाटनको योगपनि छ । 

धनुदैनिक कार्यहरूमा प्रगति हुनेछ । मणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । 

मकरपारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । आँटेको काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । 

कुम्भनयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । 

मीनधर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =