मादक पदार्थ सेवन गरेको समूहद्धारा ड्युटीमा खटिएका इन्सपेक्टरमाथि आक्रमण

फागुन २४, ललितपुर। लितपुरमा ड्युटीमा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) माथि आक्रमण भएको छ । 

आक्रमणबाट महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी निरीक्षक केशर न्यौपाने घाइते भएका छन्। 

उनको टाउकोमा ८ टाँका लागेको बताइएको छ । मंगलबजारमा फागुन १८ गते करिब राति साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरेको समूहले न्यौपानेलाई किन चेकजाँच गरेको भन्दै आक्रमण गरेका हुन्। 

null

मंगलबजारको नागबहालमा फागुन १८ गते राति नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली चेकजाँचको क्रममा मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएपछि प्रहरीले चिट् काटेको थियो। त्यही चिट् काटेको निहुँमा सयौंको संख्यामा आएका स्थानीयले भिडभाडमा प्रहरी निरीक्षकमाथि पछाडिबाट रड हिर्काएका थिए। 

चिट काट्दा ट्राफिक प्रहरीमाथि नै कुटपिट गर्न थालेपछि निरीक्षक न्यौपानेको टोली नागबहाल पुगेको थियो। 

प्रहरी परिसर ललितपुरले भने कुटपिटमा संलग्नमाथि मुद्दा दायर गरिएको बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =