उखुबारीमा करेण्ट लागेर १८ वर्षीय मोहमदकाे मृत्यु

 

माघ १० लहान । उखुबारीमा सिंचाइ गर्न जडान गरिएको विद्युतीय तारमा करेण्ट लागेर सिरहाको लहान नगरपालिका– २३ मा एक युवकको मृत्यु भएको छ । 

गाढा तिलेवनास्थित उखुबारीमा करेण्ट लागेर सिरहाको सखुवानान्करकट्टी गाउँपालिका ४ सिम्राही निवासी १८ वर्षीय मोहमद मजलुमको मृत्यु भएको हो । 

null

स्थानीयवासी १७ वर्षीय मोहमद रहमद र १९ वर्षीय मोहमद जवाहरले उक्त उखुबारीमा सिंचाई गर्न गए राति जडान ग।रेको पानी तान्ने मोटरमा करेण्ट प्रवाह भएका अवस्थामा उखुबारी पुगेका मजलुमलाई करेण्ट लागेको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते मजलुमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =