आयोजक काभ्रे टिम च्याम्पियन

फागुन ११, काठमाडौं । आयोजक काभ्रे जिल्ला ११औं जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन बनेको छ । काभ्रेको नालामा सम्पन्न च्याम्पियनसिपमा काभ्रेले ९ स्वर्णसहित टिम च्याम्पियन बनेको हो । 

च्याम्पियनसिपका २८ स्वर्णमध्ये नौ स्वर्ण नै जितेको प्रदेश नम्बर ५ दोस्रो भयो । ३ स्वर्ण जितेको बागमती प्रदेश तेस्रो भयो । च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले अनुशासित टोलीको पुरस्कार पायो । 

दुई दिने च्याम्पियनसिपमा आयोजक काभ्रेका युनिस गौतम र बागमती प्रदेशकी रश्मी पुलामी उत्कृष्ट खेलाडी घोषित भए ।   

ITF best player.jpg

विजेतालाई बनेपा नगरपालिकाकी प्रमुख लक्ष्मीनरसिंह बादे, अन्तर्राष्टिबागमती प्रदेशकी रश्मी पुलामी उत्कृष्ट खेलाडी घोषित भए ।   

विजेतालाई बनेपा नगरपालिकाकी प्रमुख लक्ष्मीनरसिंह बादे, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमला र प्रतियोगिता आयोजक समितिका संयोजक राजमन्दिर श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।   

दुई दिने प्रतियोगितामा सात प्रदेश र आयोजक गरी आठ टोलीका दुई सय खेलाडीले २८ स्वर्ण, २८ रजत र ५४ कांस्यका लागि प्रतिस्पर्धा गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =