इपिएल क्रिकेटका लागि आइसिसीको अनुमति 

काठमाडौं, मंसिर २९ । अन्तरष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि अनुमति दिएको छ । आइसिसीले मान्यता दिएसँगै इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसँगै विदेशी खेलाडी पनि खेल्न पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले यो प्रतियोगिताका लागि आइसिसीको अनुमति आवश्यक थियो । आइसिसीको अनुमति बिना राष्ट्रिय टिमका र विदेशी खेलाडीले खेल्न पाउने सम्भावना थिएन । इपिएल आयोजकले मन्जुरी शूल्क बापत आइसिसीलाई २० हजार अमेरिकी डलर तिर्नु पर्नेछ ।

यो रकम नेपाली क्रिकेटको विकासमा खर्च हुनेछ । आइसिसीले यो वर्षको प्रतियोगिताका लागि मात्रै अनुमति दिएको हो । यस्तै आइसिसीले इपिएललाई अनुमति दिएको बारेमा आफ्ना सबै सदस्य राष्ट्रलाई समेत जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =