बराबरी अधिकार भएन भने ठूलो ज्वालामुखी विष्फोट हुन्छः उपेन्द्र यादव

पुस १४, जनकपुरधाम । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संविधानमा बराबरीको अधिकार अहिले पनि नभएको बताएका छन् । उनले यस्तै अवस्था रहीरहे ठूलो ज्वालामुखी विष्फोट हुने बताएका छन् । 

अध्यक्ष यादवले संविधान संशोधनका लागि सडक र सदनमा संघर्ष गर्ने बताएका छन् । महोत्तरी सदरमुकाम जलेश्वरमा सोमबार आयोजित युवा संघको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब आफ्नो पार्टी सडक संघर्षलाई मजबुत बनाएर अगाडि बढ्ने बताए । 

उनले विभेद र असमानता रहेसम्म सडक र संसदमा संघर्ष जारी रहने बताए । ‘संविधान संशोधन गराउनकै लागि अब सडक र सदन दुबै ठाउँमा संघर्ष गर्छौं,’ उनले भने, “अब ठूलो संघर्ष हुन्छ ।”   

संविधान संशोधन गराउन अब ठूलो बिद्रोहको आवश्यक्ता रहेको उनको भनाइ थियो । संविधान संशोधन गराउनकै लागि सरकारमा गएको र त्यही लक्ष्य लिएर सरकारबाट पनि बाहिरिएको यादवले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =