श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य, जनकपुर र बुटवलबाट आजदेखि सेवा सुरु

 

पुस १५, काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरुले श्रम स्वीकृतिका लागि काठमाडौँ धाउनु नपर्ने भएको छ । 

सरकारले पहिलो पटक वैदेशिक रोजगारको सेवालाई विकेन्द्रीत गरेसँगै प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था थालिएको छ । 

null

आइतबारदेखि प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न थालिएको हाे । 

सातै प्रदेशबाट श्रम स्वीकृति जारी गर्ने तयारी गरेको सरकारले पहिलो चरणमा आइतबार प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिन सुरु गरेको हो। 

जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई श्रम स्वीकृति दिँदै सेवा सुरु गरिएको हो। 

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज बनाउन सरकारले आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति दिन थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

यस्तै, विराटनगर, धनगढी र सुर्खेतबाट सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए । 

यसका लागि अनलाइन प्रणाली तयार रहेको भन्दै सचिव दाहालले यो सफ्टवेयर जडान गरेपछि काम सुरु हुने बताए । 

प्रदेशस्थित ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन लगायतका काम गरिनेछन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =