आजको योगफल र तपाईंको राशिफल

आज मिति २०७६ साल भदौ ३ गते मङ्गलवार, तदअनुसार अगस्ट २० तारिख २०१९ । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। 

ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। पञ्चमी, २५ः३९ उप्रान्त षष्ठी। नक्षत्र– रेवती, २०ः१४ बजेउप्रान्त अश्विनी। योग– शूल, १५ः३५ बजेउप्रान्त गण्ड। करण– कौलव, १२ः५७ बजेदेखि तैतिल, २५ः३९ बजेउप्रान्त गर। आनन्दादिमा शुभ योग। चन्द्रराशि– मीन, २०ः१४ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ५ः३७ बजे, सूर्यास्त– १८ः३६ बजे र दिनमान ३२ घडी ७ पला। पञ्चक २०ः१४ बजे समाप्ति। बिरुडा पञ्चमी।   

आजको राशिफल   

मेष 

खानपिनमा सजकता अपनाउनु पर्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । 

वृष 

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । 

मिथुन 

लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 

कर्कट 

नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । 

सिंह 

चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ । 

कन्या 

कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 

तुला 

प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । 

वृश्चिक 

राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । 

धनु 

अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला । 

मकर 

अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योगछ । 

कुम्भ 

लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । 

मीन 

शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । मनोरन्जनमा सहभागिता भईनेछ । शिक्षामा सफलता मिल्ला ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =