नेपालको लज्जास्पद हार, भुटान सेमिफाइनलमा

असोज ५, काठमाडौं । तेस्रो संस्करणको जारी यू–१८ साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । 

समूह ए अन्तर्गत आज हल्चोकस्थित एपीएफ मैदानमा भएको अन्तिम खेलमा नेपालले भुटानसँग ३–० को हार ब्यहोरेको हो ।   

हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । जित हात पारेको भुटानले भने अन्तिम चारमा स्थान पक्का गरेको छ । 

पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । नेपालले खेलको ४१ औं मिनेटमा गोल खाएको हो ।   

दोस्रो हाफको ८६ औं मिनेटमा भुटानले दोब्बर अग्रता लियो । नेपालका विशाल बस्नेतले डिबक्स भित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा भुटानका केल्जिङ जिग्मीले गोल गरे । त्यसपछि खेलको इन्जुरी समयमा गोल गर्दै भुटानले ३–० को जित निकाल्यो ।   

नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १(१ गोलको बराबरी खेलेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =