नेपाल मेडिसिटीका चिकित्सकद्वारा स्थानीयलाई निःशुुल्क परामर्श

माघ १७, काठमाडौँ ।  नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले खोटाङमा ५ सय जनाको स्वास्थ्य परीक्षण गरेको छ । 

खोटाङ स्थित प्रसिद्ध हलेसी क्षेत्रमा पर्ने हलेसी तुवाचुुङ न.पा. वडा नं ११, राजापानी, खाम्तेलमा माघ १५ र १६ गते नेपाल मेडिसिटी अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्र, स्त्री तथा प्रसुति र जेनेरल फिजिसियनको टोली स्वास्थ्य परीक्षणमा संलग्न रहेका थिए ।   

स्वास्थ्य शिवरमा सामान्य स्वास्थ्य जाँच, स्त्री तथा प्रसुति जाँच र मुटु जाँच गरी विविध स्वास्थ्य समस्याको परामर्श एवं उपचार एकै थलोमा प्रदान गरिएको छ । मेडिकल टिममा रहेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रका अनुसार उपचारमा सहभागि हुन साना बालबालिकादेखि ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।   

खाम्तेल क्षेत्र भौगोलिक रुपमा केहि विकट रहेको र अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको उनले बताए । स्त्रीरोग तथा सामान्य समस्याको उपचारका लागि आउने स्थानियको सहभागिता पनि उल्लेख्य रहेको डा. मिश्रले बताए । 

हलेसीका मेयर इबान राई र नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् ।  सो कार्यक्रममा डा. दिपक मिश्रले उच्च रत्तचाप, हृदयघात र र्हुमाटिक हार्ट डिजिसका बारेमा स्थानीयलाई जानकारी दिए । 

राजधानीबाट टाढा रहेको हलेसी क्षेत्रमा स्वास्थ्य टोली गई सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गरे । उनले भविष्यमा पनि यस क्षेत्रमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन अस्पताल तयार रहेको बताए  ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =