वीपी प्रतिष्ठानले परीक्षण गरेको स्वाबहरुमा कोरोना पोजेटिभ देखिएन

चैत्र २९, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको आशंकामा नमुना परीक्षण गरेकोमा हालसम्म एउटै कोरोना पोजेटिभ देखिएको छैन ।  

कोरोनाको आशंकामा प्रतिष्ठानमा आएका सबै विरामीमा कोरोना नेगेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सह-प्रवक्ता डा. अशोक ऐरले प्रतिष्ठानले काठमाडौं टेकू स्थित राष्ट्रिय प्रयोगशालामा पठाएका स्वाब र प्रतिष्ठानकै कोरोना ल्याबमा परीक्षण गरेका स्वाबहरु कोरोना नेगेटिभ देखिएको बताए । ‘प्रतिष्ठानमा अहिलेसम्म जतिपनि कोरोनाको आशंकामा आएका विरामी छन् उनीहरुमा कोरोना पोजेटिभ देखिएको छैन ।’ उनले भने । 

प्रतिष्ठानले हिजोसम्म १६८ को नमुना परीक्षण गरेकोमा सबै कोरोना नेगेटिभ देखिएको छ । दुई साता अघि सरकारले प्रतिष्ठानमै कोरोना ल्याब स्थापना गरेपछि प्रतिष्ठान बाहिरका अस्पतालहरुबाट समेत स्वाब परीक्षणका लागि ल्याइने गरेको छ । १ नम्बर प्रदेशका लागि सरकारले वीपी प्रतिष्ठानमा कोरोना ल्याब स्थापना गरेको हो । 

 प्रतिष्ठानमा कोरोना ल्याब स्थापना गरेपछि स्वाब परीक्षणका लागि काठमाडौं पठाउनु पर्ने बाध्यता हटेको छ भने, रिपोर्ट पनि छिटै आउने गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =