ब्ल्याकबोर्ड, चक र डस्टरले मात्र अबको शिक्षा सम्भव छैन : डा. कोईराला

फागुन १७, विराटनगर । गोग्राहा माध्यमिक विद्यालय विराटनगरको आयोजनामा पूर्व विद्यार्थी भेला कार्यक्रम सम्पन्न गरेको  छ ।   

विद्यालयमा स्थापनाकालदेखि हालसम्म अध्ययन सम्पन्न गरिसकेका पूर्व विद्यार्थीहरुको भेला सनिबार सम्पन्न भएको हो । 

प्रमुख अथिति नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले कार्यक्रममा बोल्दै शिक्षा सधैँ प्राथमिकतामा पर्ने भए पनि राज्यले शिक्षालाई प्राथमिकतामा नराखेको बताए । 

शिक्षा विश्वमा नै परिवर्त भईसकेको र ब्लाकबोर्ड, चक र डस्टरले मात्र अबको शिक्षा सम्भव नहुने डा. कोईरालाको भनाई छ । उनले भर्ने हाम्रो पुर्खाले राजनीति संस्कार, संस्कृति र नैतिकताको बलमा गर्नु सिकाए तर आज राजनीति संस्कार, संस्कृति र नैतिकता मरेको छ, कमजोर धरातलमा छ ।’   

त्यसैले विद्यार्थीहरुलाई नैतिकता र संस्कार सिकाउन सके मात्र शिक्षा उच्चतम विन्दुमा पुग्न सक्ने र देश विकास हुने डा.कोईरालाले बताए ।   

त्यस्तै प्रदेश सभा सदस्य नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले कार्यक्रममा बोल्दै अहिलेको शिक्षा फरक रहेको बताए ।   

पहिले छडी नदेखाएको शिक्षक, शिक्षक नलाग्ने अहिले छडी देखाए अपराध हुने कार्कीले बताए । शिक्षाले पैसाको तुलना नगर्ने, सम्पतिको आधारमा शिक्षा दिने र प्राप्त गर्ने कुरा नरहेको कार्कीको भनाई  छ ।   

सकारी विद्यालय केवल जागिर खाने ठाँउ मात्रै भएको उनले बताए । पढाउने विधिलाई पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सभा सदस्य विन्दिया कार्की, नेकपाका केन्द्रिय सदस्य महेश रेग्मीलगायतका वक्ताहरुले आफ्ना धारणा राखेका थिए । 

कार्यक्रमको अवसरमा राष्ट्रपति रनिङ सिल्ड विजेता नवीन यादव लगात ३ जनालाई सम्मान गरिएको थियो । सोही अवसरमा पूर्व विद्यार्थी संघ समितिमा शेखर रेग्मीको अध्यक्षमा १९ सदस्य चयन भएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =