संविधानसभामा प्रचण्डसँग हारेका लीलानाथ सिरहा ३ मा विजयी

मंसिर २४, लहान । सिरहा ३ बाट नेकपा (एमाले) का लीलानाथ श्रेष्ठ विजयी भएका छन्। उनले २३ हजार २ सय ७२ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवले २१ हजार २ सय २० मत प्राप्त गरेका छन्। श्रेष्ठले २ हजार ५२ को मतान्तरले यादवलाई हराएका हुन्।

सिरहाको गोलबजार नगरपालिका ७ का श्रेष्ठ २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन सिरहा जिल्ला विकास समितिको उपसभापति चुनिएका थिए।

श्रेष्ठ २०७० को संविधानसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी रहेकाले चर्चामा थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =