हेर्नुहोस्, बाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेका ४१ जिल्लाहरू (विवरणसहित)

काठमाडौं, २४ मंसिर । हाल प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मत गणनाको अन्तिम परिणाम आइरहँदा देशभर वाम गठबन्धनकै वर्चश्व कायम छ । गत मंसिर १० र २१ गते सम्पन्न भएका दुई चरणका निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुँदैछन् भने बहुमतका लागि प्रतिनिधि सभातर्फ ८३ सीट र समानुपातिकतर्फ ११० सीटमध्ये ५५ सीटसहित १३८ सीटको खाँचो देखिन्छ । जसमध्ये अहिलेसम्म प्रतिनिधि सभामा वामगठबन्धले ७४ सीटमा जित हासिल गरेको छ भने समानुपातिक तर्फको मत गणना पनि जारी रहेको छ ।

हाल रहेको ७७ वटा जिल्लाको बाँकी जिल्लाको अन्तिम परिणाम आइरहँदा ४१ जिल्लाको प्रतिनिधिसभामा वामपन्थी गठबन्धनले क्लिन स्विप गरिसकेका छन् । बामगठबन्धनले अहिलेसम्म प्रतिनिधिसभामा क्लिन स्विप गरेका ४१ जिल्लाहरुको विवरण निकै रोचक देखिन्छ ।

हेरौँ,वामपन्थी गठबन्धनले प्रतिनिधिसभामा ‘क्लीन स्वीप’ गरेका जिल्लाहरुः

१.बाजुरा –१ सिट
२.झापा -५ सिट
३.इलाम -२ सिट
४.पाँचथर -१ सिट
५.बैतडी -१ सिट
६.बझाङ-१ सिट
७.दार्चुला-१ सिट
८.रुकुम -१ सिट
९.रोल्पा -१ सिट
१०.डोल्पा -१ सिट
११. रुकुम पश्चिम -१ सिट
१२. रुकुम पूर्व-१ सिट
१३. दाङ -३ सिट
१४.कालिकोट -१ सिट
१५.जाजरकोट -१ सिट
१६.जुम्ला -१ सिट
१७.मुगु -१ सिट
१८.दोलखा -१ सिट
१९.नुवाकोट -२ सिट
२०.सिन्धुपाल्चोक-२ सिट
२१.सिन्धुलि -२ सिट
२२.ललितपुर -३ सिट
२३. सल्यान-१सिट
२४. धादिङ -२ सिट
२५. पर्वत -१ सिट
२६. खोटाङ -१ सिट
२७. भोजपुर-१ सिट
२८. सोलुखुम्बु-१ सिट
२९. मनाङ -१ सिट
३०. मुस्ताङ -१ सिट
३१.कास्की -३ सिट
३२. लमजुङ -१ सिट
३३. बागलुङ -२ सिट
३४. रामेछाप -१ सिट
३५.दैलेख -२ सिट०
३६.ओखलढुंगा -१ सिट
३७.धनकुटा -१ सिट
३८. म्याग्दी -१ सिट
३९. ताप्लेजुंग-१ सिट
४०.मकवानपूर-२ सिट
४१. पाल्पा-२ सिट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =