रुपन्देही ४ मा यादव निर्वाचित, कांग्रेसको जीत संख्या १० पुग्यो

मंसिर २४, काठमाडौं । रुपन्देही ४ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव विजयी भएका छन्। अन्तिम मत परिणाम अुनसार यादवले ३१ हजार सात सय १८ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिष्पर्धी राजपाका सर्वेन्द्रनाथ शुक्ल ११ हजार मतले पराजित भएका हुन्। शुक्लाले २० हजार ४ सय १६ मत ल्याए।

यादवको विजयसँगै कांग्रेसले १० क्षेत्रमा जित हात पारेको छ। यसअघि काठमाडौंका ४ क्षेत्र, डडेल्धुरा, रुपन्देही ५, रसुवा, मोरङ ५ र रौतहट २ मा का‌ंग्रेस विजयी भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =