हिमानीद्वारा पूर्वराजा ज्ञानेन्द्रको ‘सन्देश संग्रह’ विमोचन
२०७६ साउन २० गते

साउन १९, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘सन्देश संग्रह’ पुस्तक विमोचन गरिएको छ ।
हिमानी ट्रष्टद्वारा बालुवाटारमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा पूर्वयुवराज्ञी एवम् ट्रष्टकी अध्यक्ष हिमानी शाहले उक्त पुस्तक विमोचन गरेकी हुन् । पुस्तकमा २०५८ देखि २०६२ सालसम्म ज्ञानेन्द्र शाहले जारी गरेका सन्देश, विभिन्न मिडियामा दिएका अन्तर्वार्ता र लेख समावेश छ ।
null
उक्त पुस्तक प्रारम्भमा २ हजार प्रति छापिएको छ। सोमध्ये ट्रष्टले ५ सयप्रति बिक्री गर्ने जानकारी दिइएको छ । सो पुस्तकबाट प्राप्त रकम सामाजिक कार्यमा खर्चिने हिमानी शाहले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
हिमानी ट्रष्टले महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, भूकम्प पीडित, बाढी पहिरो पीडित लगायतलाई सहयोग गर्दै आएको छ।
२०७६ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित








