अरुण तेस्रोको पावरहाउसनजिक बम विस्फोट

संखुवासभा। संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम पड्काइएको छ ।  

बिहीबार राति पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ । 

null

भारत भ्रमणकाे समयमा वैशाख २८ गते  प्रधानमन्त्री केपी शर्मा ओलीर  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमको फ्याक्सिन्दामा रहेकाे अरुण तेस्रोको शिलान्यास गर्नुभएको थियो । त्यसयता सतलज कम्पनीले कामलाई तीव्रता दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =